१५ साउन, काठमाडौं । सडक विभागको केन्द्रीय कार्यालय रहेको ऐतिहासिक दरबार बबरमहल नभत्किने भएको  छ । यो भवन प्रवलीकरण (रेट्रोफिट) हुने पक्का भएको हो । यसका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रकम खर्चने गरी भवन विभागले करिब ८६ करोडको ठेक्का लगाएर सम्झौता पनि गरेको छ । सडक विभागका सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिबहरि सापकोटाले बबरमहल पुनर्निर्माण २ वर्षमा सकिने बताए । भवनको प्रवलीकरणका लागि विभागले पहल गर्दै आएको थियो । ‘यो भवनमा सडक विभाग २००७ सालबाट बसेको हो, त्यसैले यो भवनलाई जस्ताको तस्तै रहने गरी जोगाएर राख्नुपर्छ भन्ने थियो,’ उनले भने, ‘विभागको इतिहाससँग जोडिएको यो भवनमा फेरि हामी फर्किने कुरा सुनिश्चित हुँदा निकै खुसी छौं ।’