१४ साउन, काठमाडौं । सिंगापुरमा टी–२० विश्वकपकमा खेल खेलेर नेपाली टोली सोमबार राति स्वेदश फर्कियो । निकै खराब प्रदर्शन गरेको कारण नेपाली टोलीको आलोचना पनि भएको छ, कप्तान पारस खड्काले पनि आफूहरुले यो हप्ता खराब क्रिकेट खेलेको स्वीकार गरे । पहिलो नभएपछि दोस्रो वा तेस्रो जे भएपनि हाम्रा लागि उपलब्धी थिएन । किनभने हाम्रो लक्ष्य विश्वकपसम्म पुग्न ग्लोबल क्वालिफयरसम्म पुग्ने थियो । दुर्भाग्यबास, राम्रो क्रिकेट खेलेनौं । अरुलाई दोष दिने ठाउँ छैन, हामी खेलाडीहरुलाई नै जिम्मेवार छौं । यो प्रतियोगितामा राम्रो क्रिकेट खेल्न सकेनौं भने कप्तान पारस खडकाले ।।