९ साउन, रौतहट । २८ असारमा आएको बाढीबाट जनजीवन सामान्य हुन नपाउदै रौतहटमा फेरि बाढी आएको छ । पहाडी क्षेत्रमा केही दिनदेखि परेको वर्षाका कारण रौतहटको लालबकैया नदीमा बाढी आएको छ । पूर्वमा रहेको बाग्मती नदी अहिले केही सामान्य देखिए पनि लालबकैयामा भने पानीको वहाव उच्च रहेको छ । २८ असारमा आएको बाढीले बाग्मती र लाल बकैया नदीको बाँध विभिन्न स्थानमा फुटाएको थियो । ती बाँध मर्मत हुन नपाउदै दोस्रो पटक आएको बाढीले स्थानीय चिन्तित भएका छन् । लाल बकैया नदीमा पानीको बहाव अत्याधिक भएपछि ईशनाथ नगरपालिकाको बन्जरहा डुबानमा परेको छ । यसैगरी गौर नगरपालिकको सवगढामा पनि बाढीको पानी पसेको छ ।