५ साउन, काठमाडौं । विप्लव समूहका काठमाडौं उपत्यका व्युरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको काँडाघारीबाट शनिबार मध्यराति लामालाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका प्रमुख सहकुल थापाले लामा पक्राउ परेको पुष्टि गरेकाे छ । लामासँगै रेशम तामाङ पनि पक्राउ परेका छन् । माइला लामा काठमाडौंका नख्खु, अनामनगर, सुकेधारा लगायतका बिभिन्न स्थानमा भएका बम विस्फोटमा संलग्न रहेको प्रहरीको दाबी छ ।