३ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मकवानपुरको कुलेखानी जलाशयलाई उच्च निगरानीमा राखेको छ । हाल पूर्ण क्षमतामा चलिरहेको कुलेखानीमा कुनै पनि बेला जोखिम निम्तिन सक्ने निष्कर्ष निकालेर प्राधिकरणले उच्च निगरानीमा राखेको हो । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार हाल कुलेखानी भरिन ३ मिटर मात्रै बाँकी छ । कुलेखानीको जलाधार क्षेत्रमा हाल वर्षाको अवस्था सामान्य भए पनि कुलेखानीमा पानीको सतह बढ्ने क्रम सामान्य छैन । वर्षा घटेपछि गरिएको मापनमा पनि कुलेखानीको सतह प्रति १० मिनेटमा १ सेन्टिमिटरसम्म बढेको पाइएको थियो । यसअनुसार ६० मिनेट अर्थात् एक घण्टामा कुलेखानीमा ६ सेन्टिमिटरसम्म पानी भरिने अवस्था छ ।