३१ असार, काठमाडौं । नेपाली सेनाले वर्षापछिको विपदमा उद्धार र राहतका लागि १५ हजार जना खटाइएकाे छ । बाढी, पहिरो र डुवान प्रभावित क्षेत्रमा नेपाली सेनासँग भएका विपद उद्दारका सामग्रीसहित १५ हजार जना खटिएका सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको छ । सेनाले बाढी, पहिरो र डुवानमा परेकाहरुको खोज, उद्दार र राहतका लागि ७ वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको पनि बताएको छ । सेनासँग काठमाडौंमा २ वटा एमआई १७, एउटा एएलएच, एउटा अगस्टा, एउटा इक्युरेल तथा इटहरीमा एउटा बेल, र धनुषामा एउटा एमआई १७ हेलिकोप्टर तयारी अवस्थामा रहेको जनाइएको छ ।