२७ असार, रौतहट । बिहीबारदेखिको अविरल वर्षाले आएको बाढीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको छ । लाल बकैया नदीले रौतहटको बन्जरहाको बाँध कटान गरेको छ । वर्षापछि आएको बाढी सडकमा पसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको रौतहट प्रहरीले जनाएको छ । यसैगरी लाल बकैया नदीले रौतहटको बन्जरहाको बाधमा कटान गरेको छ । बाँधमा क्षति पुगेसँगै बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवाका बस्तीहरू डुवानमा परेका छन् ।