२२ असार, काठमाडौं । खानेपानी मन्त्रालयले आगामी तीन महिनामा सिंगै देशलाई ‘खुला दिसामुक्त क्षेत्र’ घोषणा गर्ने तयारी गरेको छ । बजेटमा गरिएको घोषणा बमोजिम खुल्ला दिसामुक्त घोषणाका लागि राष्ट्रिय सरसफाइ निर्देशन समितिले यो समय निर्धारण गरेको हो । खानेपानी मन्त्रालयका सचिव तथा निर्देशन समितिका अध्यक्ष दीपेन्द्रनाथ शर्माका अनुसार अहिलेसम्म खुला दिसामुक्त क्षेत्र हुन नसकेका गाउँ, नगर, उपमहानगर र नगरपालिकाले आगामी १३ असोजसम्म आ-आफ्नो क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने गरी कार्यतालिका बनाउन निर्देशन दिइएको छ ।