१० असार, मनाङ । विद्यालयमा विद्यार्थी एकजना पनि छैनन् । तर, शिक्षक चार जना छन् । ती शिक्षक नपढाइकन तलब खान्छन् । यो कुरा पढ्दा र सुन्दा पनि अचम्म लाग्यो होला तपाईंलाई । तर सत्य यही हो, मनाङको ङिस्याङ गाउँपालिका–३ को ङावल आधारभूत विद्यालयमा यस्तै छ । २०२९ सालमा स्थापना भएको सो विद्यालयमा इसिडिदेखि कक्षा सातसम्म सञ्चालन छ । तर विद्यार्थीको संख्या भने शून्य छ । विद्यार्थी नै नभएको उक्त विद्यालयमा दरवन्दीका चार शिक्षक कार्यरत छन् । निमाविको एक र प्राविको तीन दरवन्दीका शिक्षक कार्यरत रहेको प्रअ हुमागाइँ बताउँछन् । तर उनीहरुले पढाउनु पर्दैन ।