६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ मानसिकताबाट बच्न सबैले योग गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले दैनिक योग गर्नु स्वास्थ्यका लागि उपयोगी हुने बताए । प्रधानमन्त्री ओलीले लोभ, मोह र क्रोधबाट मानिसले मुक्त हुनका लागि योग र नियमित ध्यान गर्नु उपयुक्त हुने बताए । प्रवचन कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘यस्तो ज्ञान भूमिमा बस्ने हामी केही समय पछि परेका हौं, तर अब त्यो अवस्था रहँदैन ।’