५ असार, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका सांसदले बिहीबार बजेट पुस्तिका जलाएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले सरकारले जनतामैत्री बजेट नल्याएकाले बजेट पुस्तिका जलाइएको बताए । प्रदेश सदस्य भरत खड्काले प्रदेश सरकारले लुटतन्त्र मच्चाउन र आफ्ना आसेपासेलाई पाल्न रातो किताबमा शिर्षक विना नै बजेट राखिएको बताउँदै उक्त बजेट आफुहरुलाई स्वीकार्य नहुने बताए ।