५ असार, काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फिर्ता लिन माग गरेका छन् । सरकारले मिडिया, मानव अधिकार, सुरक्षा लगायतका विधेयक फिर्ता लिनुपर्ने सांसद रामबहादुर विष्टले माग गरे । लोकसेवा सेवाले प्रकाशित गरेको विज्ञापन खारेज गर्नुपर्ने उनको भनाइ थियो ।