५ असार, कास्की । पोखरा महानगरले साढे ७ अर्ब ०७६।७७काे लागी बजेट ल्याउने तयारी गरेको छ । असार १० गते प्रस्तुत हुने बजेट चालु आर्थिक वर्षभन्दा १ अर्बले बढी ल्याउने तयारी गरेको हो । महानगरले गत वर्ष साढे ६ करोडको बजेट ल्याएको थियो । महानगरले आव ०७६/७७ मा १ अर्ब ५२ करोड रुपैयाँ टेन्डरमा गइसकेका बहुवर्षीय योजनालाई छुटयाउने भएको छ । बहुवर्षीय योजनामा माछापुच्छ्रे छायाँ पार्क, फेवाताल जलाधार क्षेत्र चेकडयाम, आकाशे पुल आदि छन् । ती ठेक्कामा गइसकेका बहुवर्षीय योजनालाई चालु आर्थिक वर्षमा महानगरबाट १ अर्ब २५ करोड रुपैयाँ भुक्तानी भइसकेको महानगरले जनाएको छ ।