२०७६।०३।०५ काठमाणडाै, नेपाल हामी जनता सचेत बनौ। नेपाली नेपाली बीचको मानसिक दरिद्रता र बिचलन हटाउने हामी सबै नेपाली बन्ने प्रयत्न गरौ । घर्म र संस्कृतिको कोपभाजनमा दल र राजनीतिक पार्टी स्वयम सरकार लागेको छ। गुठी बिधेयक खारेज गर्ने आन्दोलनमा सहकार्य गर्न नेवार समुदाय मात्र होईन सारा नेपाली जनता लागेका छन। सबै मठ मन्दिर गुम्बा र मस्जिद गुठी समेत देशमा छन। धर्म सस्कृति देवालयमा मठ मन्दिर गुम्बा र मस्जिद गुठी समेतको बिकाश संरक्षण र सम्बर्द्धनमा सबालमा सरकारले किन बजेट बिनियोजन गर्दैन। आफ्नो धर्म संस्कृति र परम्परा सबै बिक्री गरी किन देशमा ईशाईकरणको बिजारोपण गर्छ। देशका नेता बिदेशीका दलाल र गुलाम हुन कि नेपालका ! आज संबिधान जारी हुँदा संविधानमा धर्म निरपेक्षता नराख्न अन्तिम समयसम्म भारतले भारतीय प्रधानमन्त्री मोदी ज्यू का जय नारायण काठमाडौंमा आई दबाब दिए नेपाललाई हिन्दू राष्ट्र उल्लेख गर्छौ भनी भारतबाट ठुलो रकम खाए पछि युरोपेली युनियनबाट करोडौ डलर खाए धर्म बेचे ! इतिहास बेचे अब देशको गुठी बेच्न तम्तयार छ न। अब हामीले देशबाट के पायौ भन्दा के दिन सक्छु भन्ने राष्टिय चिन्तन र जातीय पहिचान होइन राष्ट्रिय पहिचान बनाउने र सबै भन्दा नेपाली बनौ। म बनाउछु मेरो देश नेपाल भन्ने राष्टियभाव बिस्तार गरौ। देशका भ्रष्टाचारीलाई दबाब सडकबाट दिइ आफ्नो प्रतिबद्धता जाहेर गरौ। जय मातृभूमि नेपाल । मिशन नेपाल