देशमा राष्टिय राजनीति परिवर्तन हुनु कुनै नौलो कुरा होइन । देशको स्वाभिमान बिक्री गर्न लागेको ईतिहास बचाउने जिम्मेवारी जनता को काँधमा छ । सरकार गंभीर छैन लाचार छ। देशको राजनैतिक विकृति बिसंगतीलाइ चिरफार गरी स्वच्छ समाजको निर्माणकार्य आरम्भ गर्ने हाम्रो अभियान हो । सबैले सहयोग गरौं जनता को सम्मान बास्ताबिकता सत्य सार्थक प्रस्तुति जन प्रस्तुतीको कदर गर्नु सरकारको दायित्व निभाउनु पर्छ कि प्रदैन? आज धर्म संस्कृति र परम्परा सबै बिक्री गरी सके देशका शासकहरुले। आज धर्म संस्कृतिलाई राष्ट्रिय राजनीतिमा घुसाएर नेपालीपन र जनताको मन दुखाएर कहीँ सत्ता र शासन सुरक्षित र संरक्षित हुन्छ । देशका प्रधानमन्त्री ज्यू समय छ तपाईंले तत्काल गुठी प्राबिधिकरण बिधेयक फिर्ता गर्नोस नागरिकता बिधेयक फिर्ता गर्नोस, एनसेलको भ्रष्टाचार प्रकरण ३० अर्ब राज्यको ढुकुटीमा जम्मा गर्न लगाए देखाउनोस ! सुनकान्डका दोषीलाइ सर्वजनिक गर्नोस , संचार मंत्री गोकुल बास्कोटाला तत्काल राजीनामा दिन लगाउनोस किनकि गुठीयादहरुलाई सामन्तीहरु हुन भन्ने अधिकार कस्ले दियो प्रतिप्रश्न सम्माननीय प्रधानमन्त्री ज्यू तपाईलाई ! बाईडवडी बिमान खरिद प्रकरण अन्तराष्ट्रिय भ्रष्टाचारी लाई कारवाही गर्नोस, बलात्कार ! निर्मला हत्याको दोषीलाइ कारवाही गर्ने हिम्मत गर्नोस भ्रष्टाचारी उच्च स्तरीय राजनीतिक नेतृत्व र उच्च कर्मचारी को मिलोमतोमा राजस्व चुहावट भ्रष्टाचार नियन्त्रण गर्न योजना सहित रणनीति तयार गर्नोस तपाईंको गुमेको साँख फिर्ता हुनेछ। बिशेषत: भोली २०७६\३\३ गते भित्र गुठी बिधेयक फिर्ता गर्नोस! हैन भने तपाईंको प्रधानमन्त्रीको कुर्सीको भाँचियो भनी ईतिहासको कलंकित प्रधानमन्त्री भएर कालो ईतिहास नरचनोस। जन अधिकार हाम्रो सरोकार बाकी तपाईंको बिचार । उपेन्द्र देवकोटा ।