केन्द्र सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमको नक्कल गर्दै कर्णाली प्रदेश सरकारले पनि मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधबार प्रस्तुत कर्णाली सरकारको नीति तथा कार्यक्रममा काम गर्ने उमेर पुगेका नागरिक समग्र विकास निर्माणको काममा लगाउन मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । संघीय सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ५ लाख जनालाई रोजगारी दिने महत्वाकांक्षी कार्यक्रम घोषणा गरेको छ । संघीय सरकारले देशभरी सञ्चालन गर्ने गरी चालु आर्थिक वर्षमा सुरु गरेको कार्यक्रमको नक्कल कर्णाली प्रदेशले पनि गरेको हो ।