चैत्र २१, २०७५ 

                 प्रहरीले त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलको गोल्डेन गेटबाट करिब ६ किलो सुनसहित ४ भारतीय नागरिकलाई पक्राउ गरेको छ । थाईल्यान्डबाट लायन एयरको उडानमा काठमाडौं आएका उनीहरुलाई शंका लागी जाँच गर्दा २ करोड ९७ लाख रुपैयाँ बराबरको सुन फेला परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बबिता गर्ग, सरिता जैन, जतिन जैन र सुनिता छन् । प्रहरीले जतिनको साथबाट ४ सय ९८ ग्राम, सुनिताको साथबाट १ किलो ७ सय ७१ ग्राम, बबिताको साथबाट १ किलो ७ सय ७३ ग्राम तथा सरिताको साथबाट १ किलो ७ सय ७३ ग्राम सुन बरामद गरेको छ । विमानस्थलबाटै भित्रिएको साढे ३३ किलो सुन हराउदा मोरङ उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणको अनुसन्धान जारी रहदाँ पुनः ठुलो परिणाममा सुन बरामद भएको हो ।