सुरक्षा परिषद्को दबाबमा परेको चीनले उत्तर कोरियालाई आपूर्ति गर्दे आएको तेलको परिमाणमा कमी ल्याएको छ । यसैगरि उत्तर कोरियाद्धारा आउने कपडा खरिदमा समेत प्रतिबन्द गरेको छ । हाईड्रोजन बमको प्रक्षेपणपछि विश्वव्यापी नाकाबन्दीमा परेको उत्तर कोरियालाई चीनले पनि आंशिक नाकाबन्दी गरेपछि यसलाई ठुलो झड्का लागेको छ ।

शनिबार चीनको बाणिज्य मन्त्रालयले तेल आपुर्तिमा कमी गरिएको बताएपनि चीनले कति तेल कटौति गरेको भन्ने खुलाएको छैन । पश्चिमा देशहरुले नाकाबन्दी गरिसक्दा समेत चीनले उत्तरकोरिया माथि नाकाबन्दी गरेको थिएन । विशेषगरि अमेरिकाले उत्तर कोरियाको बलमिच्याँईलाई चीनको मौन समर्थनसँग जोडेर हेर्ने गरेको छ ।

सुरक्षा परिषदमा सदस्य रहेको चीनले बाध्य भएर पछिल्लो कदम लिएको जानकारहरु बताउँछन् । इन्धन आपूर्ति बन्द हुँदा दक्षिणले ठुलो नोक्सानी व्यहोरेको बताएइपनि रकम खुलाईएको छैन । यता कपडा आपूर्ति नगर्दा बार्षिक ७० करोड अमेरिकी डलर चीनले घाटा व्यहोर्नुपर्ने देखिएको छ ।