लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी (LGIL) काे लिलामी सेयरमा आवेदन गरेर सेयर प्राप्त गर्न नसकेका लगानीकर्ताको असोज १८ गते बुधबारदेखि पैसा फिर्ता सुरु भएको छ ।

 

इन्स्योरेन्स कम्पनीले गत भदौ २८ गतेदेखि असोज ६ गतेसम्म लिलामी आवेदन प्राप्त गरि सञ्चालक समितिको निर्णय बमोजिम असोज ९ गते बाँडफाँड गरेको थियाे । लिलामी सेयर प्राप्त गर्न नसक्नेलार्इ बाेलपत्र पेश  गरेकाे स्थानबाट नै रकम फिर्ता सुरू गरिएकाे हाे ।

साथै लिलामी सेयर प्राप्त गर्ने लगानीकर्ताको सूची विक्री प्रबन्धक सिबिआईएल क्यापिटलको सूचना पाटी तथा वेभसाईट डब्लुडब्लु डट सिबिआईएलक्यापिटल डट कम मा हेर्न सकिने क्यापिटलले जनाएको छ ।

विक्री प्रबन्धकले सेयर प्राप्त गरेका लगानीकर्ताको सेयर सूचीकरण पश्चात आवेदन फारममा उल्लेख गरिएको डिम्याट खातामा जम्मा गरिने जनाएको छ ।