नेपाल लाइफ इन्स्योरेन्स कम्पनी(NLIC) ले लगातार चौथो पटक बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्डबाट पुरष्कृत भएको छ । न्यूबिजिनेस एज प्रा.लि.को आयोजनामा सम्पन्न “न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१७” को अवसरमा यस कम्पनीलाई उक्त पदकबाट सम्मानित गरिएको हो ।

कम्पनीले गत आर्थिक बर्षकोे अवधिमा बैदेशिक रोजगार व्यवसाय समेत गरि प्रथम बर्ष बीमाशुल्क आम्दानी करिब ४२१ करोड बढि हासिल गरेको जनाएको छ । साथै उसले कुल बीमाशुल्क आम्दानी करिब १२ अर्ब २२ करोड हासिल गरेको कम्पनीका बरिष्ठ नायब महाप्रवन्धकसुशिल कुमार चौधरीले जानकारी दिए ।

नोपाल लाइफ इन्सयोरेन्स कम्पनीले समग्र जीवन बीमा क्षेत्रमा सर्वाधिक बजार हिस्सा ओगटी एक अग्रणी कम्पनीको रुपमा कारोबार गर्दे आएको छ ।