नेपालका लागी महिन्द्रा कर्मसियल भेहिकल्सको आधिकारिक विक्रेता दुगड ब्रदर्श एण्ड सन्स्ले काठमाडौँको टेकुमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

शोरुमको उद्घाटन यहि अशोज ३ गते महिन्द्रा एण्ड महिन्द्रा इन्टरनेसनलका अप्रेसन प्रमुख अरविन्द्र माथेयु, इन्टरनेसनल अप्रेसन साउथ एसियाका उपाध्यक्ष सन्जिव जादव, दुगड व्रदर्श एण्ड सन्सका अध्यक्ष विवेक दुगड र कन्ट्रि म्यानेजर चैतन्य कगलकारले संयुक्त रुपमा गरेका हुन् ।

महिन्द्रा गाडी, किन्न चाहने ग्राहकका लागी सजिलो होस भनेर काठमाडौँको मुख्य स्थान टेकुमा नयाँ शोेरुम खोलिएको कम्पनीले जनाएको छ । नयाँ शोरुममा महिन्द्राका साना कर्मसियल भेहिकल्सहरु जस्तै सुप्रो भ्यान, जितो र म्याक्सिमो लगायतका गाडीहरु उपलब्ध हुने बताइएको छ ।

उक्त शोरुम ८ सय ५० स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ । नेपालमा दुगड व्रदर्शले विगत २० बर्षदेखी महिन्द्रा गाडीको कारोवार गर्दै आइरहेको छ ।