आईएमईले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ल्याएको ‘आईएमई छक्का–पञ्जा’ अफर अन्तर्गत दोस्रो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही मोहेदिन मिया ठकुरीले प्राप्त गरेका छन् ।

विजेता ठकुरी वा नीजले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको ६ लाख बराबरको जीवन बीमा प्रादान गर्ने भएको छ । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा कतारस्थित कतार यूुएईबाट नेपालमा पैसा पठाएका ठकुरी भाग्यशाली विजेता छनोट भएका हुन् ।

भदौ १२ गतेदेखि सञ्चालनमा ल्याएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्की ड्र’ मा ९०० सय जना आईएमई पे क्यासमार्फत् पुरस्कृत भइसकेका छन् ।
मङ्गसिर ३ गतेसम्म १२ हप्ता सञ्चालन हुने यस सेवाग्राहीमूखी कार्यकममा पैसा पठाउनुहुने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छानिने गरिन्छ ।

 

आईएमईले १६० आफ्नै सेन्टर सहित ७५ जिल्लाका ६ हजार ८०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशबाट पठाएको पैसा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।