स्वावलम्बन लघुवित्तले गत आर्थिक बर्षमा कमाएको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस तथा ११.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गत आर्थिक बर्ष ३४ प्रतिशत बोनस र १९.६८ प्रतिशत नगद लाभांश वितरण गरेको लघुवित्तले झण्डै २३ प्रतिशतले बोनस तथा नगद लाभांशमा कटौति गरेको हो ।

लघुवित्त कम्पनीको असोज २० गते सम्पन्न २७४ औं सञ्चालक समिति बैठकले चुक्ता पूँजी ४१ करोड ८९ लाख ६३ हजार रुपैयाँको २० प्रतिशत अर्थात आठ लाख ३७ हजार ९२६ कित्ता बोनस सेयर तथा चार करोड ८५ लाख ११ हजार ५०५ रुपैयाँको नगद लाभांश सेयरधनीलार्इ वितरण गर्ने निर्णय गरेको हो ।

बोनसपछि कम्पनीको पूँजी ५० करोड २७ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।

स्वावलम्बन लघुवित्तले गत आर्थिक बर्षमा २५ करोड तीन लाख खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ५९ रुपैयाँ ७६ पैसा कायम गरेको छ । लघुवित्तको जगेडाकोषमा ७२ करोड २४ लाख रुपैयाँ सञ्चित रहेको छ भने कम्पनीको निष्कृय कर्जा अनुपात शून्य दशमलव ६७ प्रतिशत र मूल्य आम्दानी अनुपात ३०.३७ गुणा रहेको छ ।

 

……………… सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ………………

……………… १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ………………