सिर्नर्जी फाइनान्स (SYFL) ले साधारण सभाका लागि असोज २७ गतेदेखि कार्तिक १७ गतेसम्म सेयरधनी किताब बन्द गर्ने मिति तोकेको छ । यसअनुसार असाेज २६ गतेसम्म कायम रहेका सेयरधनीले साधारण सभामा सहभागि हुन पाउनेछन् ।

फाइनान्स कम्पनीले कार्तिक १७ गते १९ औं बार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले यसअघि प्रस्ताव गरेको २५ प्रतिशत हकप्रदलाई बढाएर ७० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको हाे।

सञ्चित जगेडाकाेष गत आर्थिक बर्षमा कुनै लाभांश वितरण गर्न नसकेको फाइनान्सले हकप्रदबाटै राष्ट्र बैंकले तोकेको ८० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्न लागेको हो ।

साधारण सभा गर्ने समयसम्ममा कुनै उपयुक्त संस्थासँग गाभ्ने / गाभिने प्रयोजनका लागि सहमत भएमा मर्जर तथा एक्विजिशन गर्न पफाइनान्सकाे अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डिडिए) प्रतिवेदन तयार गर्न र  गाभ्ने /गाभिने सम्पुर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने समेत प्रस्ताव रहेको छ ।

फाइनान्सले गत आर्थिक बर्षमा १८ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाए पनि सेयरधनीलार्इ कुनै लाभांश वितरण गरेकाे  छैन । फाइनान्स अझै पाँच करोड २४ लाख रुपैयाँ सञ्चित जगेडा नोक्सानीमा रहेका कारण सेयरधनीलाई लाभांश वितरण गर्न नसकेको हो ।

कम्पनीले प्रस्ताव गरेको ७० प्रतिशत हकप्रदपछि कम्पनीको पूँजी राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी अनुरुप ८० करोड ६५ लाख रुपैयाँ पुग्नेछ । अन्य संस्थासँग मर्जर वा एक्वीजिशनमा साधारण सभा अगाडि नै गर्ने सम्झौता भएकाे खण्डमा भने  सेयरधनीहरू हकप्रदको भारीबाट मुक्त हुनेछन् ।

फाइनान्सले कार्तिक १७ गते सिद्धार्थ कटेर्ज बुटबलमा बिहान १० बजे साधारणसभा बोलाएको छ।

 

……………… सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ………………

……………… १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ………………