सनराइज बैंकले आफ्नो दशौैं वार्षिकोत्सवको उपलक्ष्यमा साइकल -याली कार्यक्रम आयोजना गरेको छ । बैंकले तपाई र हामी जुटौं वातावरणका लागि (You and Us, Together for Environment) भन्ने मुल नाराका साथ बैंकको प्रधान कार्यालय गैह्रिधाराबाट -याली सुरु गरेको हो ।

 

 

उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सञ्चालकहरु डा. भोगेन्द्र गुँरागाई , ई.बच्छराज तातेड, ज्योति कुमार बेगानी, दीपक नेपाल र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा रिबन काटेर शुभारम्भ गरेका हुन् ।

बैंकद्वारा आयोजित उक्त -यालीमा नायब महाप्रबन्धकहरु आशा राणा अधिकारी, अपछ कुमार यादब साथै बैंकका कर्मचारीहरु एवं अन्य ग्राहकबर्गहरुको सहभागिता रहेको थियो । बैंकको प्रधान कार्यालय गैह्रिधाराबाट सुरु भएको -याली चावाहिल, महाराजगञ्ज, कमल पोखरी, कालिका स्थान, न्यूरोड, कालीमाटी, बल्खु, कीर्तिपुर, पाङ्गा, धोबीघाट, पुुल्चोक, गाःबहाल, शंखमुल, तिनकुने, शान्तिनगर, गौशाला हुदैँ पूनः गैह्रिधारामा आएर समापन भएको थियो ।

बैंकले आफ्नो दशौैं वार्षिकोत्सवको अवसरमा महिनाभरीनै देशब्यापी रुपमा विभिन्न सामाजिक कार्यहरु आयोजना गर्ने जनाएको छ ।

 

……………… सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ………………

……………… १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ………………