मलेसियास्थित रिया आइएमईले दशैं र तिहारको अवसरमा ल्याएको ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ सेवाग्राहीमूखि व्यापार प्रवद्र्धनात्मक कार्यक्रमको राममणि भट्टराई पहिलो भाग्यशाली विजेता घोषित भएका छन् ।

सफ्टवेयर सिस्टममा आधारित रहेर गरिएको छनोट कार्यक्रममा रिया आइएमईका सेवाग्राही राममणि भट्टराई भाग्यशाली बिजेता घोषित भएका हुन् । भट्टराईले मलेसियाबाट रिया आइएमईमार्फत नेपाली रुपैयाँ ३२ हजार ५३ पठाएका थिए । उक्त रकम नेपालको सिन्धुपाल्चोकस्थित आइएमईको व्यवसायीक साझेदार अभियान बचत तथा ऋण सहकारी संस्थाबाट भुक्तानी लिइएको हो ।

स्थापनाकालदेखि नै विभिन्न स्किम ल्याउँदै आएको रिया आइएमईले यसपटकको दशैं र तिहारलाई लक्षित गरि ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ नामक सेवाग्राहीमूखि कार्यक्रम यही सेप्टेम्बर १ देखि अक्टुबर मसान्तसम्म (दुई महिना) सञ्चालनमा ल्याएको छ ।

योजना अवधिमा सफ्टवेयर सिस्टममा आधारित ‘लक्की ड्र«’ मार्फत पाँचजना भाग्यशाली विजेता घोषणा गरिने जनाईएको छ । भाग्यशाली विजेताले घरयासी प्रयोजनका सामाग्रीहरु वासिङ्ग मसिन, रेफ्रिजेरेटर, एलइडी टेलिभिजन, माइक्रो वेभ वभन र स्ट्याण्ड फ्यान प्राप्त गर्नेछन् ।

 

 

……………… सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ………………

……………… १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ………………