भारतीय कम्पनी सतलजको लगानीमा बन्न लागेको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीले संयुक्त रुपमा उक्त आयोजना शिलान्यास गर्ने कार्यक्रम छ । मोदी प्रधानमन्त्री भएलगत्तै नेपाल आएका थिए ।

त्यसको तीन महिनापछि नेपालमा आयोजित सार्कको १८ औं शिखर सम्मेलनमा सहभागी हुन दोस्रोपटक मंसिर ०७१ मा काठमाडौं आएका थिए ।

मोदी असोज अन्तिम साता वा कात्तिक पहिलो साता नेपाल आउने तयारी भइरहेको बतार्इएकाे छ । अरुण तेस्रो करिब एक खर्ब १६ अर्ब लागतमा बनाइँदैछ । नौ सय मेगावाटको आयोजनाबाट नेपालले एक सय ९८ मेगावाट बिजुली निःशुल्क पाउनेछ । सन् २००८ मा सतलजले अरुण तेस्रो आयोजना निर्माणको जिम्मा पाएको थियो ।