स्वोरोजगार लघुवित्त (SLBBL) ले प्रस्ताव गरेको १६.६६ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन परेको छ । बोनस पारित गराउन कात्तिक ११ गतेका लागि बार्षिक साधारणसभा बोलाएको कम्पनीको साधारणसभा प्रयोजनका लागि असोज २३ गतेदेखि सेयर धनी दर्ता किताब बन्द हुँदैछ ।

आइतबार अर्थात असोज २२ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् । जसका लागी नयाँ लगानीकर्ताले आज नै उक्त कम्पनीको सेयर खरिद गर्नुपर्ने हुन्छ ।

साथै लघुवित्तले सोही साधरणसभाबाट शतप्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव समेत पारित गराउँदैछ । लघुवित्तले १६.६६ प्रतिशत बोनस सेयर वितरणपछि मात्र शतप्रति हकप्रद बिक्री गर्नेछ । यो बुक क्लोज हकप्रदका लागि भने होईन ।

गत असार-साउनमा ५० प्रतिशत हकप्रद बिक्री गरेको लघुवित्तले आफ्ना लगानीकर्तालाई फेरि शतप्रतिशत हकप्रदको भारी बोकाउन लागेको हो । हकप्रदको निहुँमा उचालिएर सेयरमा लगानीगर्नु फाइदाजनक नहुनसक्छ ।

हाल लघुवित्तको १० करोड ४९ चुक्ता पूँजी रहेको छ । १६.६६ प्रतिशत बोनस र शतप्रतिशत हकप्रदको बिक्रीपछि कम्पनीको पूँजी झण्डै २४ करोड पुग्नेछ ।

कम्पनीले गतबर्ष दुई करोड ८६ लाख ४१ हजार रुपैंया खुद नाफा कमाएको थियो। कम्पनीको प्रतिसेयर आम्दानी ४० रुपैंयाँ ९१ पैसा छ । निष्कृय कर्जा अनुपात ०.२२ प्रतिशत रहेको लघुवित्तको प्रतिसेयर नेटवर्थ १६६ रुपैंया नौ पैसा छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ४२.९८ गुणाले बढी छ ।

 

……………… सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ………………

……………… १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ………………