एन आई सी एशिया क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृत पद्मा झनक राज ढुंगेललाई नियुक्त गरेको छ । कम्पनीको ३९औ सञ्चालक समितिको बैठकले ढुंगेललाइ उक्त पदमा नियुक्त गरेको हो ।

 

ढुंगेल विगत २३ वर्ष देखि नेपालको वित्तीय क्षेत्रमा कार्यरत रहदै आएका छन् । यस अघि ढुंगेल अरनिको विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा आबद्ध रहेका थिए । ढुंगेलले एन आई सी एशिया बैङ्कको मातहतमा प्रमुख कार्यकारी अधिकृत रहेका राम चन्द्र खनालको स्थानमा कार्यभार समाल्ने छन् ।

खनाल भने केही दिन भित्रै कुमारी बैंकमा आवद्ध हुँदैछन् ।

क्यापिटलले उच्चतम प्रविधि तथा उत्कृष्ट जनसक्तिको सहायताबाट गुणस्तरीय ग्राहकमुखि सेवा प्रदान गर्दै आईरहेको छ ।

 

……………… सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ………………

……………… १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ………………