एभरेष्ट बैंक (EBL) को ३५,८४१ कित्ता शेयरको लिलामी खुलेको छ । यसअघिको लिलाम बढाबढमा सय रुपैयाँमा पनि नबिकेको शेयर बैंकले पुनः लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।

बैंकको लिलामीको सेयरमा यही असोज २० गतेदेखि २७ गतेसम्म आवेदन दिन सकिनेछ ।

बैंकले यसअघि २ लाख ५३ हजार कित्ता शेयर लिलामी गर्दा आवेदन नपरेको ३५,८४१ कित्ता शेयर बिक्री गर्न शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।

जसको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल रहेको छ ।

यसअघिको लिलामीमा केही लगानीकर्ताले एभरेष्ट बैंकको सेयर सय रुपैयाँमै हात पारेका थिए । जसमा १३०० रुपैयाँ सम्म कबुल्ने लगानीकर्ताहरु समेत थिए ।

एभरेष्टले भदौ २५ गतेदेखि असोज १ गतेसम्म सर्वसाधारण समूहको २ लाख ५३ हजार ७९७ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । जसमा २ लाख १७ हजार ९५६ कित्ता सेयरमा मात्र आवेदन परेको थियो ।

एभरेष्टको चुक्ता पुँजी ५ अर्ब ७४ करोड १० लाख ९५ हजार रुपैयाँ छ । बाँकी रहेको सेयर लिलामी गरिसकेपछि भने बैंकको चुक्ता पुँजी ६ अर्ब ३ करोड ५२ लाख ३४ हजार ४०० रुपैयाँ पुग्नेछ । गत आर्थिक बर्षमा बैंकले १ अर्ब ९८ करोड १६ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। एभरेष्टको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ २२९ रुपैयाँ ९९ पैसा छ ।

……………… सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ………………

……………… १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   …………….