२०८१ चैत्र १९ काठमाडौं । सेयर बजार नेप्से सूचक १५.५७ विन्दुले घटेर २६७७.५५ अंकमा कायम भएको छ । ५ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यसअघि बजार ३ दिन लगातार बढेको थियो। अल्पकालीन कारोबारीहरुले सेयर बढेको बेला नाफा बुक गर्ने र घटेको बेला किन्ने गरेका छन् ।

बजारमा ठुला लगानीकर्ता प्रवेश नगरे सम्म बजार बढ्दैन। केपि ओलि सरकार प्रति लगानीकर्ता बिश्वस्त नभएको कारण बजार बढ्न नसकेको लगानीकर्ताको बताउने गर्छन् । सेयर बजार ३२ सयबाट घटेको लामो समय भएको छ् । बजार सधैंभरी घट्दैन र बढ्दैन । बजार घट्ने बढ्ने सामान्य चक्र हो।