२०८१ चैत्र ४ काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व आर्थिक सल्लाहकार मोतीलाल दुगडले कर नतिरेपछि आन्तरिक राजस्व कार्यालयले कर तिर्न भन्दै सार्वजनिक सूचना जारी गरेको छ ।
उद्योगी मोतिलाल दुगड नेकपा एमालेका पूर्वसांसद पनि हुन् । उनिलाई केपी शर्मा ओलीले २०७७ सालमा विशेष आर्थिक सल्लाहकार बनाएका थिए ।
आन्तरिक राजस्व कार्यालय विराटनगरले गत फागुन २० गते कर दाखिलाका लागि भन्दै १०१ व्यावसायीक फर्म र कम्पनीका नाममा १५ दिने सूचना जारी गरेको थियो । यसमा दुगडको एसिया केमिकल कम्पनी प्रालि विराटनगर १४, एसियन केम प्रालि विराटनगर १७ र विराटनगर २ मा रहेको ह्यारिसन प्यालेस प्रालिको पनि नाम समावेश छ ।
दुगड एसियन केमिकल कम्पनीको आयकर तिरिएको छैन । ह्यारिसन प्यालेस र एसियन केम प्रालिले मूल्य अभिवृद्धि कर नतिरेको कार्यालयले जनाएको छ । सूचना प्रकाशित भइसकेपछि ह्यारिसन प्यालेसको कर भने तिरिएको आन्तरिक राजस्व कार्यालय विराटनगरका सूचना जारी छ ।दुगडको कम्पनीले दुई वर्षदेखि कर दाखिला नगरेको समचार सार्वजनिक छन् ।