२०८१ फागुन २८ काठमाडौं । लगातार एक हप्ता सम्म घटेको सेयर बजार आज सामान्य रुपले सम्हालिएको छ । नेप्से सूचक १७.२८ विन्दुले बढेर २७३६.४८ अंकमा कायम हुन पुगेको छ । ८ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । हिजो र आजको कारोबार रकममा खासै धेरै अन्तर देखिन्न। निरन्तर एक हप्ता सम्म नेप्से घटेपछि सेयर लगानीकर्ता आत्तिएका थिए ।

आज बजार सम्हालिएपछी लगानीकर्तालाई केही आस जगाएको छ। तर अर्को कारोबारमा बजार के हुन्छ ? कोहि कसैले केही भन्न सक्दैनन् बजारको चक्र पनि यहि हो। सेयर बजार नेप्से घट्ने बढ्ने सामान्य चक्र भएपनि नेपालको सेयर बजारमा अस्वभाविक रुपले घटबढ भएको सेयर बिश्लेषकहरु बताउछन् ।