२०८१ फागुन २६ काठमाडौं । सेयर बजार सूचक २०.६८ विन्दुले घटेर २७५१.४२ अंकमा कायम भएको छ। ८ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा धेरै घटेको देखिन्छ। समग्रमा सवै समूहका सूचक र कम्पनीको सेयर मुल्य घटेका छन् ।
छोटो समयमा दुई सय हाराहारीमा बढेको नेप्सेमा नाफा बुक गर्नेहरुले सेलर प्रेसर बढाएपछि नेप्से घटेको देखिन्छ । ३२सय नेप्से बाट घट्न थालेको बजार तलमाथि गरेको धेरै भैईसकेको हुनाले बजार घटबढ हुनु सामान्य हो, छिट्टै ३२सय नेप्से ब्रेक भएर अगाडि बढ्ने अनुभवी सेयर लगानीकर्ता बताउँछन् ।