२०८१ फागुन २४ काठमाडौँ।माओवादी केन्द्रले जनजागरण अभियान तत्काललाई स्थगित गरेको छ । फागुन १२ देखि सुरु गरेको जनजागरण अभियान आज बाट तत्काललाई स्थगित गरेको माओवादी श्रोतले जनाएको छ ।
संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीविरुद्ध भइरहेका गतिविधिको प्रतिवाद गर्न, गणतन्त्रविरुद्ध गतिविधि गरेर अराजकता मच्चाउन खोज्नेहरुका विरुद्ध प्रतिवाद गर्न अभियान स्थगित भएको माओवादी नेत्ताले बताएका छन् ।
माओवादीले घरदैलो अभियान, भेटघाट, लङमार्च, प्रशिक्षण, कोणसभा जस्ता कार्यक्रम गर्दै आएको थियो। अभियानलाई केही समय पछि पुन निरन्तरता दिने सम्भावना रहेको माओवादी श्रोतले बताएको छ ।