२०८१ फागुन २० काठमाडौ । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ स्थित टिकाथलीमा पानीको लागि आज बोरिङ खन्ने क्रममा एक्कसी आगोको ज्वाला निस्किएको थियो । खानेपानीको लागी बोरिङ खन्ने क्रममा ग्यास सहित आगो लागेको थियो।
एक्कासी बिरिङ बाट आगोको मुस्लासहितको ग्यास निस्केपछि त्यहाँ स्थानीयहरु त्रसित भएका छन् । बोरिङ बाट आगोको ज्वाला निस्किएपछि बोरिङ खन्ने काम रोकिएको छ । बोरिङबाट आगोको मुस्लो निस्किएको सूचना पाएपछि प्रहरी सो स्थानमा पुगेको थियो। सो आगोको मुस्लो ललितपुर प्रहरीले निभाएको थियो।
(क्रान्ति)