२०८१ फागुन १४ काठमाडौ । महाशिवरात्री हिन्दुहरु धर्मावलम्बीहरूको चाड हो। भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्री मध्ये एक पवित्र पर्वका रूपमा विभिन्न पुराणहरूमा वर्णित छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष(छिटै खुसी हुने) भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ। व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरि व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र भगवानलाई चढाउने गर्दछन्।
शिव हिन्दू धर्मका प्रमुख देवताहरू मध्ये एक हुन्। भगवानको तीन रूपहरू मध्य शिवलाई विनाशकर्ताका रूपले चिनिन्छ। हिन्दू धर्मका विभिन्न सम्प्रदायमध्य शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन्। शिवलाई प्रायः जसो शिवलिङ्गको रूपमा पूजा गर्ने गरिन्छ।

हिन्दु धर्म एक धर्म हो, जसलाई प्रायः धार्मिक परम्पराहरू र दार्शनिक विद्यालयहरूको सङ्ग्रहको रूपमा वर्णन गरिएको छ जुन भारतीय उपमहाद्वीपमा उत्पत्ति भएको हो। संस्कृतमा हिन्दु धर्मको ऐतिहासिक नाम सनातन धर्म हो जसको अर्थ “शाश्वत धर्म”, “अनन्त मार्ग” वा “अनन्त कानून” हो।
हिन्दु धर्मको जरा वैदिक, सिन्धु घाटी र द्रविड सभ्यताहरूमा छ, त्यसैले हिन्दु धर्मलाई संसारको सबैभन्दा पुरानो धर्म भनिन्छ। धर्म, कर्म, संसार, माया, मोक्ष र योग जस्ता धार्मिक पदहरूले गर्दा हिन्दु धर्मलाई विशिष्ट मानिन्छ। हिन्दु धर्ममा ठुलो सङ्ख्यामा शास्त्रहरू छन्, जुन दुई मुख्य कोटीहरूमा पर्छन्: श्रुति र स्मृति। महत्वपूर्ण हिन्दु ग्रन्थहरू वेद, उपनिषद्, पुराण, रामायण, महाभारत, श्रीमद्भगवद गीता र आगमहरू हुन्।
हिन्दु धर्म १ अर्ब ५० करोड भन्दा बढी मानिसहरू द्वारा अभ्यास गरिएको छ – हिन्दु धर्म संसारमा तेस्रो ठुलो धर्म हो। भारत र नेपालको जनसङ्ख्याको अधिकांश हिस्सा हिन्दुहरू छन्। जस मध्ये ९६% दक्षिण एसियामा छन्। बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, इन्डोनेसिया, मलेसिया, सिङ्गापुर, मौरिसस, फिजी, सुरिनाम, गयाना, ट्रिनिडाड र टोबागो, संयुक्त अधिराज्य, क्यानडा र संयुक्त राज्य अमेरिका जस्ता देशहरूमा हिन्दु धर्मका अनुयायीहरूको उल्लेखनीय सङ्ख्या पाइन्छ।
धर्म भारतीय सम्प्रदायहरूमा धेरै अर्थहरू भएको एक प्रमुख अवधारणा हो। धर्म शब्दलाई अङ्ग्रेजी (वा अन्य युरोपेली भाषाहरू) मा अनुवाद गर्न नसकिने रूपमा लिइन्छ -यसलाई जीवन “सद्गुण” वा “धार्मिक र नैतिक कर्तव्यहरू” लाई कायम राख्ने “व्यवस्था र चलन” सँग मिल्दोजुल्दो व्यवहारलाई जनाउने बुझिन्छ। धर्म विपरितार्थ शब्द अधर्म हो।
शिवलिङ्ग हिन्दु देवता शिवको स्वरूप, प्रतिक वा निशान मानिने प्रतिमाविहीन चिह्न हो। शिवलिंगलाई सामान्यतः गोलाकार मूर्तितल मा राखिएको हुन्छ जसलाई पीठम् वा पीठ भनिने गरिन्छ ।
देवता हिन्दू धर्मका आलौकिक शक्ति अथवा पात्र हुन जसलाई परमेश्वर (ब्रह्म)को लौकिक रूपम मानिन्छ त्यसैले तिनको पूजा गरिन्छ। देवता शव्द संस्कृत भाषाको दिव् धातुबाट बनेको हो जसको अर्थ हुन्छ प्रकाशमान हुनु। देवताको पुरूष रूपलाई देव भनिन्छ भने स्त्री रूपलाई देवी भनिन्छ।
बृहदारण्य उपनिषद्मा कति देवताहरू छन् भन्ने प्रश्नको उत्तरमा भनिएको छ, वास्तवमा देवता एकैछन् तर तिनका अनेक रूपहरू छन्। त्यस प्रश्नको पहिलो उत्तरमा ३३ करोड, दोस्रो उत्रमा ३३३९, तेस्रो उत्तरमा ३३, चौथो उत्तरमा ३, पाचौँ उत्तरमा डेढ र अन्तयमा केवल एक देवता छन् भनिएको छ।
वेद मन्त्रहरूका विभिन्न देवताहरू हुन्छन्। वेदको प्रत्येक मन्त्रको ऋषि, कीलक तथा देवता हुन्छन्।
देवीदेवता वा पूजनीय व्यक्तिलाई प्रसन्न पार्न, अनुकूल पार्न वा पुण्यार्जन गर्न श्रद्धाभक्तिपूर्वक गरिने कार्य हो । पूजा यसैगरी गर्नु पर्छ भन्ने कुनै सुत्र भने हुदैन। हरेक देवता र उनिहरु प्रती आस्थावान मानिसले आफ्नो परम्परा अनुसारको विधि अपनाइ शुद्ध मन र शरिरले आफ्नो आस्था देखाउनु नै पूजा हो । साधरणतया: पूजा फुल पाती अबिर टीका अक्षता माला जल इत्यादी मुर्ती तथा मन्दिरमा चढाएर गरिन्छ । यो भन्दा बाहेक पशुबलीलाई पनि पूजा नै भन्ने चलन छ ।
संस्कृत (गुणात्मक रूपमा संस्कृत-; नाममात्रको संस्कृतम्) योभाषा देवता हरु सँग सम्बन्धित एक शास्त्रीय भाषा हो। जसलाई देवभाषा पनि भनिन्छ। संस्कृत भाषा सनातन धर्मको पवित्र भाषा, शास्त्रीय हिन्दु दर्शनको भाषा, र बौद्ध धर्म र जैन धर्मका ऐतिहासिक ग्रन्थहरूको भाषा हो। यो प्राचीन र श्रृष्टिको एक मात्र पहिलो भाषा थियो, र दक्षिणपूर्व एसिया, नेपाल र भारतमा हिन्दु र बौद्ध संस्कृतिको प्रसारण पछि, यो धर्म र उच्च संस्कृतिको भाषा बन्यो, र यी क्षेत्रहरू मध्ये केहीमा राजनीतिक अभिजात वर्गको भाषा बन्यो। फलस्वरूप, संस्कृतले दक्षिण एसिया, दक्षिणपूर्व एसिया र पूर्वी एसियाका भाषाहरूमा, विशेष गरी तिनीहरूका औपचारिक र सिकेका शब्दावलीहरूमा स्थायी प्रभाव पाऱ्यो।
हिन्दु धर्म एक धर्म हो, जसलाई प्रायः धार्मिक परम्पराहरू र दार्शनिक विद्यालयहरूको सङ्ग्रहको रूपमा वर्णन गरिएको छ जुन भारतीय उपमहाद्वीपमा उत्पत्ति भएको हो। संस्कृतमा हिन्दु धर्मको ऐतिहासिक नाम सनातन धर्म हो जसको अर्थ “शाश्वत धर्म”, “अनन्त मार्ग” वा “अनन्त कानून” हो।
हिन्दु धर्मको जरा वैदिक, सिन्धु घाटी र द्रविड सभ्यताहरूमा छ, त्यसैले हिन्दु धर्मलाई संसारको सबैभन्दा पुरानो धर्म भनिन्छ। धर्म, कर्म, संसार, माया, मोक्ष र योग जस्ता धार्मिक पदहरूले गर्दा हिन्दु धर्मलाई विशिष्ट मानिन्छ। हिन्दु धर्ममा ठुलो सङ्ख्यामा शास्त्रहरू छन्, जुन दुई मुख्य कोटीहरूमा पर्छन्: श्रुति र स्मृति। महत्वपूर्ण हिन्दु ग्रन्थहरू वेद, उपनिषद्, पुराण, रामायण, महाभारत, श्रीमद्भगवद गीता र आगमहरू हुन्।
हिन्दु धर्म १ अर्ब ५० करोड भन्दा बढी मानिसहरू द्वारा अभ्यास गरिएको छ – हिन्दु धर्म संसारमा तेस्रो ठुलो धर्म हो। भारत र नेपालको जनसङ्ख्याको अधिकांश हिस्सा हिन्दुहरू छन्। जस मध्ये ९६% दक्षिण एसियामा छन्। बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, इन्डोनेसिया, मलेसिया, सिङ्गापुर, मौरिसस, फिजी, सुरिनाम, गयाना, ट्रिनिडाड र टोबागो, संयुक्त अधिराज्य, क्यानडा र संयुक्त राज्य अमेरिका जस्ता देशहरूमा हिन्दु धर्मका अनुयायीहरूको उल्लेखनीय सङ्ख्या पाइन्छ।
पशुपतिनाथको मन्दिर काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थल हो। यो मन्दिर काठमाडौँ महानगरपालिका वडा नम्बर ८ मा बागमती नदीको किनारमा रहेको छ। यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्र मा पर्दछ। सन् १९७९मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो।[१] काठमाडौँ उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकोले र अति प्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू तथा प्राचीन अभिलेखहरूको अवस्थित हुनाले पशुपतिनाथको मन्दिर क्षेत्र खुला सङ्ग्रहालय जस्तै देखिन्छ । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन , सौर, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्रको रूपमा रहेको छ। पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पुजास्थल , अखाडा पनि रहेका छन्। [२] पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाको रूपमा रहेको छ। जन्म देखि मृत्यु सम्मका संस्कार सम्पन्न गरिने यस पावन स्थलमा वागमती नदीले यसको महिमा अझै बढाएको छ ।
संयुक्त राष्ट्र सङ्घिय अङ्ग युनेस्को द्वारा बहुमूल्य सम्पदाका रूपमा सुचिकृत विश्वका स्मारक र स्थानहरूलाई युनेस्को विश्व सम्पदा क्षेत्र भनिन्छ ।[१] यूनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्त्व राख्ने (जस्तै वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा शहर) धरोहरहरूलाई आफ्नो सुचिमा सूचीबद्ध गर्ने गर्दछ । जुन विश्व सम्पदा समिति द्वारा चयन गर्ने गरिन्छ र यसै समितिले यस सम्पदा क्षेत्रलाई रेखदेख युनेस्कोको तत्वाधानमा गर्दछ ।
यस कार्यक्रमको उद्देश्य विश्वको यस्तो स्थलहरूलाई सूचीबद्ध गर्ने तथा संरक्षित गर्ने हुन्छ जुन विश्व संस्कृतिको दृष्टिले मानवताको लागि महत्त्वपूर्ण हुन्छ । केहि खास परिस्थितिमा यस्तो सम्पदाहरूलाई यस समिति द्वारा आर्थिक सहयोग पनि प्रदान गर्ने गरिन्छ । सन् २०१३ सम्ममा १६० राष्ट्रका ९८१ क्षेत्रलाई विश्व सम्पदाका रूपमा सूचीकृत गरिएको छ जसमा ७५९ सांस्कृतिक, १९३ प्राकृतिक र २९ मिश्रत रहेका छन् । पशुपतिनाथ मन्दिर
प्रत्येक सम्पदा क्षेत्र त्यस देशको विशेष सम्पति हुन्छ, जुन देशमा त्यो स्थल रहेको हुन्छ तर अन्तर्राष्ट्रिय समुदायको हितमा पनि यहि बेश हुन्छ कि आउने पिढीलाई तथा मनावताको हितको लागि पनि यस्ता विशेष सम्पदाको संरक्षण गरियोस । तथापि पुरै विश्व समुदायलाई यसको संरक्षणको जिम्मेवारी रहन्छ । सम्पादकीय: (क्रान्ति)