२०८१ फागुन १३ काठमाडौ । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस काभ्रेपलान्चोक जिल्लाको धुलिखेलमा दुर्घटना भएको छ । धुलिखेल नगरपालिका- १० सारादा बतासेस्थित बिपी राजमार्गमा बस दुर्घटना भएको छ। दुर्घटनामा १७ जना घाइते भएका प्रहरी श्रोतले जनाएको छ।

बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस आज बिहान ०८ : २० बजेको समयमा अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको छ । दुर्घटनामा बस चालक र सह-चालकसहित १७ जना रहेको प्रहरी श्रोतले जानकारी दिएको छ । बसमा २४ जना सवार रहेको बुझिएको छ ।

घाइतेहरू सवैलाई उपचारको लागि धुलिखेल अस्पतालमा लगिएको छ । घाइते चालक र सह-चालकको टाउकोमा गभ्मीर चोट लागेको बुझिएको छ । बस रामेछाप जिल्लाको धोबी, ढाँडे हुँदै ओखलढुंगाको पोकली तर्फ हिडेको प्रहरी श्रोतले जनाएको छ ।घाइते सवैको पहिचान गर्ने काम भैरहेको प्रहरी श्रोतले जनाएको छ । (क्रान्ति)