२०८१ फागुन १० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका संरचनाहरू थपघट हुनसक्ने भनाई व्यक्त गरेका छन् । आज प्रथम महिला राधिका शाक्यको आत्मकथा करुणाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले बताएका हुन् ।
लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा हेरफेर हुनसक्ने कुरालाई सामान्य मान्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ रहेको थियो ।
‘लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा पनि हेरफेर र सुधार हुनसक्छ तर अझ त्यसका संरचनागत पक्षहरू बढी सुधार हेरफेर हुनसक्दछन्,’ प्रधानमन्त्री ओलीले भनेका छन । , ७ वटा प्रदेश ९ वटा पनि हुनसक्छ, ७वटा प्रदेश ५ वटा पनि हुनसक्छ । त्यसो भयो भने पनि कुनै रुवाबासी गर्नुपर्ने अवश्यक छैन । जति वटा पनि हुनसक्छ ।’ समय र जनताको आबस्यकता अनुसार थपघट हुन सक्नेछ प्रधानमन्त्रीले बोलेका छन ।
(क्रान्ति)