२०८१ फागुन १० काठमाडौँ । गृह मन्त्रालयले २ प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको जानकारी दिएको छ । गृहमन्त्री रमेश लेखकले फागुन ९ गतेको मन्त्रीस्तरीय निर्णय गर्दै २ सीडीओको सरुवा गर्दै जिम्मेवारी दिएका छन् । गृहमन्त्रालयको सुचना अनुसार नवलपरासी पश्चिमको सीडीओ स्किम श्रेष्ठ मकवानपुरको सीडीओमा सरुवा भएका छन् भने रौतहटका सीडीओ हिरालाल रेग्मी नवलपरासी पश्चिममा सरुवा भएका छन् । (क्रान्ति)