२०८१ फागुन ५ काठमाडौ । नेपालमा मोटरसाइकलको हेल्मेट चोर्ने र प्रयोग गर्ने काम धेरै पाईन्छ । हराएको हेल्मेट त्यति खोजी पनि गरिदैन । हरायो भनेर प्रहरीमा उजुरी गरिहाले पनि गम्भीर ढंगले खोजी गरेको पाईदैन । आफ्नो हेल्मेट हरायो भने नजिकै कोहि कसैको हेलमेट देख्यो कि टिपेर लाएर हिड्ने गरेको देखिन्छ । हेल्मेट चोरी गर्ने काम नियन्त्रण गर्न हेलमेटमा मोटरसाइकल नम्बर नमेटिने गरि लेख्ने हो भने चोरी गरेको हेल्मेट प्रयोग गर्नेहरुलाई लाज लाग्ने छ र केही मात्रामा नियन्त्रण हुनेछ ।

सहरी क्षेत्रमा स्कुटर वा मोटरसाइकलको हेल्मेट हराउनु वा चोरी हुनु सामान्य रुपमा लिईन्छ । जसको कारण चालकका लागि सास्तीको विषय बनेको छ । पार्क गरेर राखेको सवारीसाधनको हेल्मेट फर्कंदा छैन अब के गर्ने ? अर्को हेलमेट किन्नु पर्यो कि नजिकै रहेको अर्को हेल्मेट प्रयोग गर्नु पर्यो । नयाँ हेल्मेट किन्न जानका लागि सबै ठाउँमा तुरुन्तै उपलब्ध पनि हुन सक्दैन  ।

मोटसाईकलको हेल्मेट चोरी नियन्त्रण गर्न हेल्मेटमा मोटरसाइकल नम्बर लेख्ने काम सरकारले नै नीति नियम बनाएर नियम पालना गराउनु राम्रो हुने देखिन्छ । (क्रान्ति)