२०८१ माघ ३० काठमाडौं । ८१ सालको स्वस्थानी र माधवनारायण व्रत आज बाट समाप्त भएको छ । काठमाडौंको शालीनदी लगाएत विभिन्न मन्दिर तलाउ खोला नदिमा धाममा आज व्रतालुहरुले स्नान पूजा पाठ गरी विधिपूर्वक व्रत समापन गरेका हुन् ।

पुुस शुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म स्वस्थानीको व्रत हुने बस्ने चलन रहेको छ । आज अन्तिम दिन व्रत समाप्त गर्नेहरुको शाली नदी, गौरीघाट, हनुमानघाटमा लगाएत विभिन्न नदी खोला तलाउमा व्रतालुहरुको घुइँचो रहेको देखिन्छ ।

नदी, तलाउ आदि क्षेत्रमा जान नसक्नेहरु व्रतालुहरुले घर कोठामै बसेर बिधिपुर्वक पूजापाठ गरी व्रत समाप्त गरेका छन् ।

आजदेखि स्वस्थानी कथा सुन्ने र सुनाउने काम पनि सकिएको छ । श्रीकुमार जि आग्या गर्नुहुन्छ भन्ने पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा एक महिना सम्म भन्ने र सुन्ने चलन रहेको छ ।

व्रतालुजनहरुले आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता, विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ व्रतको मनोकामना पूर्ण होस् भनी अर्घ्य दिएर स्वस्थानी वर्तलाई समापन गरेका छन । (क्रान्ति)