२०८१ माघ ३० काठमाडौं । नेपालको राजधानी काठमाडौ जिल्लाको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि काठमाडौ जिल्ला अदालत,विशेष अदालतको भवन भित्र पानीको भेल पसेको छ । भेल अदालतको भवन भित्र पसेपछि काठमाडौ जिल्ला अदालत, विशेष अदालतको भुईतला डुबेको छ । अदालतभित्र पानी पस्दा आजको दैनिक पेशी एक्कासि रोकिएको छ ।

पाईप फुटेको सूचना पाउने बित्तिकै नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी, काठमाडौ महानगरका प्रहरी भेल रोक्न खटिए पनि भेल रोक्न नियन्त्रण गर्न असफल भएका छन । सुरक्षार्थको लागि खटिएकाहरुले हेरेर बस्ने बाहेक केही गर्न सकेको देखिएन । भेल रोक्न खटिएका सुरक्षाकर्मिहरु पाईपमा जम्मा भएको पानी कतिखेर सकिन्छ भनेर हेरेर बसेको देखियो ।

अदालत भित्र भेल पस्दा कागजपत्र कति क्षेती भयो ? रिपोर्ट आउन बाकी छ । मेलम्चीको खानेपानीको पाईप कसरी फुट्यो भन्ने बारे अनुसन्धान भैरहेको प्रहरी श्रोत बताउछन् । पाईप फुट्नुमा मुख्य कारण मेलम्ची खानेपानीको पाईप बनाउने र पाईप बिच्छ्याउनेहरुको कमजोरी नै रहेको देखिन्छ । (क्रान्ति)

(लाईभ)