२०८१ माघ २६ काठमाडौं । नेपालको राजधानी काठमाडौंको सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आज बिहान आगलागी भएको छ । प्रहरीको श्रोत अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ः३५ बजे आगलागी भएको हो । उक्त तलामा खानेपानीमन्त्रीको कार्यकक्ष समेत रहेको प्रहरीले जनाएको छ ।

बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको श्रोतले जानकारी दिएको छ ।
३ वटा कोठामा लागेको आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन । आगो के कारणले लाग्यो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी श्रोतले जनाएको छ । (क्रान्ति)