२०८१ माघ २५ काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पार्टी सभापति रवि लामिछाने अदालतले मागे बमोजिमको धरौटी रकम बैंक ग्यारेन्टी बुझाएर रिहा भएका छन् । चितवन जिल्ला अदालतले सहकारी ठगीमा मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी रिहा भएका छन् ।
रवी लामिछाने माथि साहारा सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । न्यायाधीश दयाराम ढकालको इजलासले धरौटी रकम माग्ने आदेश गरेको थियो ।(क्रान्ति)