२०८१ माघ २४ काठमाडौं । नेपाल देशको केन्द्रिय राजधानी रहेको काठमाडौंको कमलपोखरी स्थानमा आज मिति: २०८१ माघ २४ गते बिहान ९ को समयमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । ग्यास सिलिन्डर विष्फोट हुँदा १४ जना घाइते भएका समाचार सार्वजनिक भएको छ । घाईते सवैजनालाई अस्पताल लगिएको छ भने ३ जना सामान्य भएको समाचार सार्वजनिक छ ।
काठमाडौं उपत्यका प्रहरीको श्रोत र सार्वजनिक भएका समाचार अनुसार काठमाडौ जिल्लाको लैनचौरमा संचालित सानदार म:म पसलमा ग्याँस सिलिण्डर पड्किएको हो । घाइते भएकाहरु सोही पसलका श्रमजीवी कामदार रहेको उनले बुझिएको छ। नेपाल प्रहरीले घटना कसरी घट्यो भन्ने बारे सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको प्रहरी श्रोतले जनाएको छ ।
(क्रान्ति)