२०८१ माघ २२ काठमाडौं । बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौं आइपुगेकी छन् । उनी आज माघ २२ गते बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएकी छन। उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरुले विशेष स्वागत गरेका थिए ।एयरपोर्टबाट उनी लैनचौरस्थित बेलायती दूतावास गएकी छन् ।

राजकुमार एडवार्ड काठमाडौं आएपछि उनीहरू दुवैजना दिउँसो पौने ४ बजे दुवै जना राष्ट्रपति निवास राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्ने कार्यक्रम रहेको सुरक्षा स्रोतले जनाएको छ । ६ दिन सम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुने कार्यक्रम रहेको बुझिएको छ । नेपाल बसाइँको क्रममा उनीहरु काठमाडौ, पोखराको ब्रिटिश गोर्खा क्याम्पमा जाने कार्यक्रम रहेको सुरक्षा स्रोतले बताएको छ ।

(क्रान्ति)