२०८१ माघ २२ काठमाडौं । बेलायतका राजकुमार एडवार्ड आज श्रीमतीसहित नेपाल भ्रमणमा आउदै छन् । एडवार्ड श्रीमती सोफियासहित आज दिउँसो नेपाल भ्रमणमा आउन लागेको सुरक्षा स्रोतले जानकारी दिएको छ । उनीहरू दुवैजना विमानमार्फत नेपाल भ्रमणमा आउन लागेका हुन् ।
गृह मन्त्रालयले जनाए अनुसार नेपाल भ्रमणमा आउँदा बेलायती राजकुमार र उनको टीमले माइती नेपाल, कीर्तिपुरको आँखा अस्पताल, भक्तपुरमा रहेको एसओएस बालग्राम जाने कार्यक्रम तय भएको छ । यसका साथै राजकुमार र उनको टोली घुम्नका लागि पोखरासमेत जाने कार्यक्रम तय भएको गृह श्रोतले जनाएको छ ।
(क्रान्ति)