२०८१ माघ २१ काठमाडौं ।आज बसन्त श्रवण श्रीपञ्चमी को दिन हो । आजको दिन विशेषगरि विद्यार्थीहरुले बिद्या धेरै आओस भन्दै सरस्वतीको पुजा गर्दछन भने अविभावकहरुले आफ्ना छोराछोरीलाई बिद्या धेरै आओस भन्ने कामना गर्दै सरस्वतीको पुजा पाठ गर्ने गर्दछन । सरस्वती पुजा विशेषगरि नेपालमा धेरै गरिन्छ ।आज माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ ।
हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरी जस्ता विभिन्न नामले पुकार्ने र पुजा गर्ने गर्दछन । सरस्वतीको पुजापाठ गर्नाले बिद्या धेरै आउने धार्मीक जनबिश्वास रहेको छ ।
(क्रान्ति)