२०८१ माघ २० काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले फागुन ८ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने जनाएको छ । कम्पनीले तोकिएको चुक्ता पूँजी साढे २ अर्ब पुर्‍याउनका लागि २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको जनाएको छ । ४ बराबर १ को दरमा हकवालाले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

हाल कम्पनीको २ अर्ब १ करोड चुक्ता पूँजी रहेको कम्पनीले जनाएको छ ।२०८१ फागुन ८ देखि फागुन २८ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले इन्फोमेरिक्स क्रेडिट रेटिङबाट ए प्लस रेटिङ पाएको जनाएको छ । यहि २०८१ माघ १५ गते सम्म सेयर होल्ड गरेका लगानीकर्ताले आवेदन दिन सक्ने कम्पनीको सूचना रहेको छ । हकप्रद सेयर अनलाइनप्रणाली मेरोसेयर मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको बिक्री प्रवन्धक सानिमा क्यापिटलले रहेको छ ।

(क्रान्ति)